अत्तरिया । कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। शुक्रबार जिल्लाको भीमदत्त नगरपालिका–४ ओपेरा होटल नजिक, वडा नं–१० जिमुवा र पुनर्वास नगरपालिका–११ काठेपुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु २ लाख ७७ हजार ४५० बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ।
उक्त मूल्यको सुर्ती, बिडी, विभिन्न किसिमका टर्च लाईट, तरकारी, च्याउ, माछा, जुत्ता, कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।