काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका ८४ वर्षीय दाहालको शुक्रबार साँझ काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।
स्वर्गीय दाहालको पार्थिव शरीर शनिबार बिहान ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पणका लागि राखिने र साढे ९ बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने छ ।
स्वर्गीय दाहालका श्रीमती र दुई छोरा छन् । श्रीमती सुधा दाहाल वीर अस्पतालमा उपचारको क्रममा रहेको बताइएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वीपी विचारका सच्चा अभियन्ता दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत थिए ।