कैलालीमा निर्वाचन प्रहरीका लागि दरखास्त दिनेहरुको घुईचो

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा निर्वाचन प्रहरीका लागि दरखास्त दिनेहरुको भीड लागेको छ । जिल्लामा शुक्रबारबाट निर्वाचन प्रहरी भर्ना प्रकृया सुरुभएसँगै दरखास्तका लागि भीड लाग्ने गरेको हो । शनिबार पनि बिहानै कार्यालयमा दरखास्त दिनेको भीड लागेको थियो ।

समय छोटो भएका कारण शनिबार पनि दरखास्त लिन थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा ४ हजार ९८ जना निर्वाचन प्रहरी भर्ना गरिने जनाइएको छ ।

निर्वाचन प्रहरीका लागि दरखास्त दिनेको उत्साजनक सहभागिता रहेको प्रहरीले जनाइएको छ । अन्य जिल्लाहरुमा पनि निर्वाचन प्रहरीका लागि आवेदन दिने त्यतिकै मात्रामा भिड लागेको छ । यसपाली सरकारले नेपाल प्रहरी र शसस्त्रलाई निर्वाचन प्रहरी भर्ना गर्ने जिम्मा दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.