अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ८ का जेष्ठ नागरिकलाई सम्मान गर्दै न्योनो लुगा (कम्बल) वितरण गरिएको छ । गोदावरी ज्येष्ठ नागरिक समाज वडा समितिले शनीबार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा कम्बल वितरण गरिएको हो ।
वडा नम्बर ८ को आर्थिक सहयोगमा गमा ६० वर्ष माथिका ३८ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरी सम्मान गरिएको गोदावरी ज्येष्ठ नागरिक समाज वडा समितिका अध्यक्ष प्रेम बहादुर बोगटीले बताए ।
आगामी आर्थिक वर्षमा सो शिर्षकको बजेटमा वृद्धि गरिदिन उनले वडासंग आग्रह गरे । ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप न्यानो कम्मल वितरण गरिएको बोगटीले बताएका छन् । सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेका वडा नम्बर–८ का वडा सदस्य हरिराम चौधरीले वडा सरकार सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताए ।
उनले ज्येष्ठ नागरिक समाजका मेरुदण्ड भएकोले सबैले सम्मान गर्दै उहाँहरुका सकरात्मक पक्षहरुलाई अनुशरण गर्नुपर्ने बताए । सम्मान कार्यक्रममा गोदावरी ज्येष्ठ नागरिक समाजका नगर अध्यक्ष भोजराज भट्टले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताए । उनले अधिकांश सार्वजनिक ठाउँमा ज्येष्ठ नागरिकहरुलाई कुनै महत्व नदिएको देख्दा दुख लाग्ने बताए । सम्मान कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिध लगायतको उपस्थिति रहेको थियो ।
