अत्तरिया जेसिज वर्ष २०२६ को अध्यक्षमा बम बहादुर बोगटी चयन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको अत्तरिया जेसिज वर्ष २०२६ को अध्यक्षमा बम बहादुर बोगटी चयन भएका छन् ।

अत्तरिया जेसिजको शनिबार सम्पन्न भएको १४ औं साधारण सभा तथा शाखा अधिवेशनले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा टेक खड्का र शान परियार चयन भएका छन् । समितिको कानुनी सल्लाहकारमा अनिष सिँह, महासचिवमा प्रेमा पाठक भण्डारी र कोषाध्यक्षमा केशव भट्ट चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा चिरञ्जिवि भट्ट, दुर्गादत्त पन्त, भुपेश कुमार महरा र आकाश खड्का चयन भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.