गोदावरीधाममा पुस ३० गतेदेखि बाह्रराशी दर्शन मकर मेला

धनगढी : सुदूरपश्चिमको प्रसिद्ध तीर्थस्थल कैलालीको गोदावरीधाम कुम्भमेला क्षेत्रमा लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशी दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ।

गोदावरीधाममा आयोजना हुने मकर मेलाको उद्घाटन पुस ३० गते दिउँसो १ बजे धार्मिक विधिविधानअनुसार विशेष पूजाआजासहित गरिने आयोजकले जनाएको छ। मेलाको शुभारम्भ कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, गुरुकुलका वटुहरू तथा श्रद्धालुहरूको सहभागिता रहनेछ।

पुस ३० गतेदेखि माघ १२ गतेसम्म सञ्चालन हुने बाह्रराशि दर्शन मकर मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजन–कीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने छन्।

गोदावरीधाम विकास समितिका अध्यक्ष पदम राजजोशीका अनुसार उक्त धार्मिक अनुष्ठानमा देशभरका श्रद्धालु महानुभावहरू तथा विभिन्न सामाजिक र धार्मिक संघ–संस्थालाई सहभागिताका लागि सादर अनुरोध गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.