शिक्षामा पहुँच पुग्यो, गुणस्तरिय शिक्षामा जोड दिउ : सचिव रेग्मी

धनगढी : सुदूरपश्चिम प्रदेशमा शिक्षाको पहुँच सबै ठाउँमा पुगे पनि गुणस्तरमा उलपब्धी हुन नसकेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले बताएका छन् । धनगढीमा सिटिईभिटिको आयोजनामा युवाहरुका लागि गुणस्तरिय प्रविधिक तथा व्यावसायिह शिक्षा तालिम (क्वालिटि) परियोजनाका बारेमा जानकारी दिने उदेश्यका साथ बुधबार देखि सुरु गरेको कार्यशाला गोष्टिमा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका उनले सुदूरपश्चिम साक्षर प्रदेश घोषणा भईसकेको बताउँदै शिक्षाको गुणस्तरमा जहिले पनि प्रश्न उठ्ने गरेको उल्लेख गरे । ‘यहाँ ४ हजार बढी विद्यालयहरु रहेका छन् । सय नीजि विद्यालय, तीन सय प्रविधिक विद्यालय र सय क्याम्पस रहेका छन्’, उनले भने ‘ती विद्यालयमा ८ लाख विद्यार्थीहरु अध्ययनरत रहेका छन् । तर, बजारको माग अनुसारको शिक्षा दिन सकेको अवस्था देखिदैन ।’
देश विकासका लागि स्वस्थ्य र सक्षम जनशक्ति आवश्यक रहेको उनले बताए । नयाँ शिक्षा नीति नबन्दा प्रदेश सरकार स–सक्त ढंगले अगाडि बढ्न नसकेको उनले बताए । संघीय सरकारको ऐनमा रहेर नै प्रदेशमा काम हुने गरेको उनले उल्लेख गरे । शिक्षाको गुणस्तर सुधारमा सबैको योगदान रहनुपर्ने उनले बताए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले यस प्रकारका कार्यक्रमहरुले विदेश पलायन हुने जनशक्तिलाई केहिहद सम्म भए पनि रोक्ने विश्वास गरे ।

सिटिईभिटिका निर्देशक प्रमोदभक्त आचार्यले क्वालिटि परियोजनाले देशका सात वटै प्रदेशमा रोजगारका कार्यक्रम सञ्चालन गर्ने गरि काम गरिरहेको बताए । युवाशक्तिलाई सिपयुक्त बनाउन तीन वटै सरकारले प्राथमिकता दिएको उनले बताए । शिक्षण संस्थाको गुणस्तर निर्धारण गर्ने क्वालिटि परियोजना २०२२ अगष्ट देखि २०२६ सम्म रहेको उनले जाकारी दिए ।

स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गरेर युवाहरूलाई गुणस्तरीय प्राविधिक शिक्षाको पहुँचमा पु-याउन उदेश्य रहेको उनले बताए ।

कार्यक्रममा क्वालिटी परियोजना सिटिईभिटिका निर्देशक आचार्य र परियोजनाका टीम लिडर भानु पण्डितले प्रशिक्षण दिईरहेका छन् । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम सुदूरपश्चिमका विभिन्न प्रविधिक विद्यालय अध्ययपन गराईरहेका शिक्षक, कर्मचारी र व्यवसायहरुको सहभागिता रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.