कैलालीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–५ तिकलपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रा ६ प ३१५७ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँका ३२ वर्षीय दिपेन्द्र रावल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लालरत्न अस्पताल लम्की लगिएको र थप उपचारका लागि टिकापुर अस्पताल रेफर गरिएको थियो।

टिकापुर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.