धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं ३ का उम्मेदवार वीरमान चौधरीले आसन्न फागुन २१ को चुनावी अभियानलाई तीब्र बनाएका छन ।
केही दिनयता घरदैलो कार्यक्रममा रहेका नेता चौधरीले गाउँ,टोल,बस्तीमा गएर जनताका पीरमर्का,समास्या सुन्ने र आफ्ना प्रतिवद्धता जनतामाझ राख्ने गरेका छन । उनले घरदैलोका क्रममा जनताबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै यसपटक जनताले आफूलाई नै मतदान गर्ने दाबी गरे ।
उनले भने ‘मैले विगतमा सांसद हुँदा पनि विभिन्न काम गरेको छु । त्यसलाई यहाँका जनताले राम्रोसँग बुझेका छन । यसपटक फेरि जनताको साथ पाउनेमा म विश्वस्त छु ।’
उनले यस निर्वाचन क्षेत्रको समग्र विकास निर्माण तथा रोजगारी सिर्जना आफ्नो प्राथमिकतामा रहेको बताए । उनले भने ‘यहाँका जनताबाट कृषि क्षेत्रका समस्या समस्य,नदीकटान र डुवान रोक्न तटबन्ध,कालोपत्रे सडक, पुल पुलेसाका माग आएका छन । यी सबै समस्या समाधान गर्न म प्रतिवद्ध छु ।’
उनले रोजगारी सिर्जनाका लागि जोडदिने बताउँदै यस क्षेत्रमा घोडाघोडी,लौकाभौका लगायतका ताल पर्ने भएकाले यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नमा आफ्नो जोड रहने बताए ।