दार्चुलामा प्रहरी हवल्दार मृत अवस्थामा फेला, दुई जना पक्राउ

धनगढी । दार्चुलामा प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् । उनको हत्या गरेको आरोप लागेको छ । जिल्लाको महाकाली नगरपालिका–४ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्ती हत्या गरेको अवस्थामा फेला परेका हुन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले घर्ती मंगलबार बिहान मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार स्थानीय पूजा बियर बारको बाहिर पट्टी घर्तीको शव भेटिएको हो ।

घर्तीको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.