मालाखेतीको खप्तड विद्या निकेतनको साताव्यापी खेलकुद प्रतियोगिता सुरु

अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर–३ मालाखेतीमा रहेको खप्तड विद्या निकेतनमा खेलकुद प्रतियोगिता सुरु भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको खेल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक श्याम बहादुर खत्रीले उद्घाटन गरेका हुन् ।

खेलकुद प्रतियोगिताका संयोजक भूवन भट्टले पढाइसंगै बालबालिकालाई खेलकूदमा समेत अव्बल बनाउने उदेश्यले बार्षिक खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए । उनले विद्यार्थीलाई खेलकुदको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न अतिरिक्त क्रियाकलाप अन्तर्गत वर्षभरिनै खेलकुदका कार्यक्रमहरू आयोजना हुँदै आएको भएपनि विद्यालयको वार्षिक कार्यक्रमको रुपमा हरेक वर्षमा एकपटक खेलकुद प्रतियोगिता गर्ने गरिएको बताए ।

आगामी फागुन ६ गते विद्यालयको २२ औं बार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गरिने उनले बताए । बुधबार उद्घाटन सप्ताहमा विद्यार्थीहरुले मार्चपास र म्यूजीकल ड्रिल पनि प्रस्तुत गरेका थिए ।


फागुन ५ गतेसम्म सञ्चालन हुने खेलकद कार्यक्रम अन्तरगत अन्तर फुटवल, भलिवल, ब्याडमिन्टन, टेवलटेनिस, दौड, कवड्डी प्रतियोगिता लगायतका खेलकुदकासाथै साना बालबालिकाहरुका लागि पनि विभिन्न खेलहरु आयोजना गरिएको संयोजक भट्टले बताए । खेलकूद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कारसमेत प्रदान गरिने उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.