कैलालीको मोहन्यालमा युवतीको शव फेला

धनगढी । शनिबार दिउँसो हत्या गरेर मुख जलाइएको अवस्थामा कैलालीको मोहन्याल गाउँपालिका १ को तल्लोपानीमा जंगलभित्र भेटिएको युवतीको शव उठाइएको छ ।

नवप्रगतशिल सामुदायिक जंगलमा फेला परेको शव घटनास्थल कार्य सकेर राति उठाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले घटनास्थलबाट शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताए ।

हत्या गरेर अनुहार जलाएको अवस्थामा जंगलमा युवतीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थी नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित खटिएको छ भने जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.