अत्तरिया : लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सञ्चालन गरेको छ । वार्षिकोत्सव समारोह मंगलबार देखि सुरु भई आज समापन गरिने विद्यालयले जनाएको छ । मंगलबार पीजी देखि कक्षा ५ सम्म संचालन गरिएको थियो ।
वार्षिकोत्सव समारोहका मंगलबार प्रमुख अतिथि शिक्षा क्षेत्रमा परिचित मोटिभेटर क्षेत्र प्रसाद ज्ञवाली रहेका थिए भने विशिष्ट अतिथिमा खप्तड विद्या निकेतनका संस्थापक प्रिन्सिपल श्याम बहादुर खत्री सहभागी थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवात कक्षा ७ की विद्यार्थी प्रतिज्ञा कुँवर र शिक्षक युवराज जोशीको स्वरमा सरस्वती बन्दना साथै स्वागत गीत प्रस्तुत गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा शैक्षिक तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरूले सांस्कृतिक नृत्य, सांगीतिक प्रस्तुति र सन्देशमूलक कार्यक्रम प्रस्तुत गर्दै समारोहलाई आकर्षक बनाएका थिए ।
सम्बन्धित पाेस्टहरु