कैलाली-४ का स्वतन्त्र उम्मेदवार भट्टद्वारा घण्टेश्वर माविलाई २ लाख सहयोग गर्ने घोषणा

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा उम्मेदवार छत्र भट्टले कैलालीको गोदावरी नगरपालिका–१ मा रहेको घण्टेश्वरी माविलाई २ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
बिहीबार घण्टेश्वर माविको ३० औँ वार्षिकोत्सव समारोहमा उनले विद्यालयमा अक्षयकोष स्थापनाका लागि २ लाख सहयोग गर्ने घोषणा गरेका हुन ।

उनले विद्यालयमा बन्ने मन्दिरका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘मेरो विद्यालय सँग विशेष लगाव छ । मेरो बुवा पनि सामाजिक काममा संलन हुनुहुन्थ्यो । अहिले म पनि त्यसै बाटोमा हिँड्ने प्रयास गरिरहेको छु’ उनले भने ‘मेरो आमा भन्नुहुन्थ्यो बुबाले आधा गरेको काम छोराले पुगा गर्छ । छोराले गर्न नसकेको नातिले गर्छ भन्नुहुन्थ्यो । म त्यसै काममा लागेको छु ।’

उनले विद्यालयको एक समारोहको अवसरमा गोप्य दान गर्न खोजे पनि विद्यालयले सार्वजनिक गरिदिनुप¥यो भनेपछि सार्वजनिक गरेको दावी गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.