अत्तरिया : शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनको तयारीसँगै ठूलो संख्यामा प्राध्यापक र उप–प्राध्यापकका लागि आवेदन आह्वान गरेको छ। कैलालीको गेटामा स्थापित नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयले २६ जना प्राध्यापक र ३६ जना उप–प्राध्यापक गरी कुल ६२ जनाको करार नियुक्ति प्रक्रिया अघि बढाएको हो।
विश्वविद्यालयले एनाटोमी, फिजियोलोजी, प्याथोलोजी, माइक्रोबायोलोजी, बायोकेमेस्ट्री, कम्युनिटी मेडिसिन, फरेन्सिक मेडिसिन, फार्माकोलोजी, नर्सिङ, इन्टरनल मेडिसिन, ईएनटी, अब्स एण्ड गाईनो, जनरल सर्जरी, एनेस्थेसियोलोजी, डर्माटोलोजी, डेन्टल सर्जरी, पेडियाट्रिक्स, रेडियोलोजी, साइक्याट्री, अर्थोपेडिक्स, अप्थाल्मोलोजी र मेडिकल एजुकेशनलगायत विभिन्न विषयमा पद खुलाएको छ।
शुक्रबार प्रकाशित सूचनाअनुसार आवश्यक योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुन निर्माणको प्रक्रिया समेत अगाडि बढिरहेको जनाइएको छ।
