गोदावरीमा मोटरसाइकल दुर्घटना, ३ जना युवाको मृत्यु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शुक्रवार नगरपालिकाको वडा नं. ४ बनदेवी नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका – २ सन्तोषीटोलका २२ वर्षिय हरिश ओली, गोदावरी नगरपालिका( १ का २५ वर्षिय योगेन्द्र शाह र गोदावरी नगरपालिका– १ बस्ने हरि पार्की रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा गोदावरी( ६ का २२ वर्षिय जीवन पाठक गम्भिर घाइते भएका छन । उनको माया मेट्रो हस्पिटल धनगढीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
शुक्रवार बनदेवी नजिक सुपप्र ०१ ००९प ७५८१ र सुपप्र ०१ ००१प ३१८७ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाइ उपचारका लागि धनगढीका विभिन्न अस्पतालहरुमा लगिएको थियो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मृत्यु भएका ओलीको नवजिवन हस्पिटलमा र शाहको माया मेट्रो हस्पिटलमा मृत्यु भएको हो । पार्कीको भने सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.