सुशासन राष्ट्र निर्माणका लागि काँग्रेसलाई जिताउनु आवश्यक छ – प्रदेश सभापति वलायर

अत्तरिया : नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति विरबहादुर वलायरले देशमा स्थिरता र स्थायित्व कायम राख्न नेपाली काँग्रेसलाई जिताउनुपर्ने बताएका छन् । कैलाली क्षेत्र नं. ५ को प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसार अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका–१९ फुलवारीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

सभापति वलायरले काँग्रेसमाथि चारैतिरबाट प्रहार भइरहेको उल्लेख गर्दै भने, “काँग्रेस कमजोर भए देश नै कमजोर हुन्छ, त्यसैले राष्ट्रको हितका लागि काँग्रेसलाई बलियो बनाउन जरुरी छ ।” उनले केही राजनीतिक दलले निर्वाचनलाई हल्का रूपमा लिएको टिप्पणी गर्दै यसपटकको चुनावले देशको भविष्यको दिशा तय गर्ने बताए ।

कार्यक्रममा उनले कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवार नरनारायण शाह लाई विजयी गराउन आग्रह गरे । शाह सक्षम, अनुभवी र सुशासनको उदाहरण प्रस्तुत गर्नसक्ने नेतृत्व भएको उल्लेख गर्दै उनले मतदातासँग उत्साहपूर्वक समर्थन मागेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.