डोटी जीप दुर्घटना : घाइते महिलाको उपचारका क्रममा मृत्यु

डोटी। आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बोगटान फुड्सिल गाउँपालिका ३, मेल्टाकी ६६ बर्षीया जुनादेवी साउँदको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा जनाको टाउको, दुवै खुट्टा र छातीमा चोट लागेको थियो।

उनलाई उपचारका लागि करीब ७ : ३० बजे अस्पताल पुर्याइएकोमा डाक्टरले चेकजाँच गर्दा ८ बजेतिर मृत घोषणा गरेका हुन् । बोगटानबाट दिपायलतर्फ आइरहेको सु.प.प्र. ०३ ००१ च ००१४ नं. को बोलेरो जीप धौलाबस्ती भन्ने ठाउँमा दुर्घटना चार जना घाइते भएका थिए। घाइते तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.