धनगढी । कैलालीको टिकापुरमा भारतबाट भन्सार छलि गरी ल्याइएका करिब १२ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरका मोबाइल तथा त्यसका पार्टपुर्जा प्रहरीले बरामद गरेको छ।
टिकापुर नगरपालिका–१, बल्क नम्बर ७ मनुवा रोड क्षेत्रबाट आइतबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा सामान फेला पारेको हो।
बरामद गरिएको सामग्रीमा आईफोन, डाटा केबल, चार्जर, एडेप्टर लगायतका अन्य मोबाइलका पार्टपुर्जा रहेका छन्। प्रहरीले उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।