अत्तरिया : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग जोडिएका कैलाली जिल्लाका सम्पूर्ण सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलाली द्वारा जारी सूचना अनुसार फागुन १९ गते सोमबार राति १२ः०० बजेदेखि फागुन २२ गते बिहीबार राति १२ः०० बजेसम्म सीमा नाका बन्द रहनेछन् ।
यस अवधिमा एम्बुलेन्स, ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सीडी उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन तथा अनुमति प्राप्त सवारी बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइने जनाइएको छ ।
निर्वाचनको शान्ति सुरक्षा सुदृढ पार्न तथा मतदातालाई सुरक्षित वातावरण सुनिश्चित गर्न उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सुचनामा जनाइएको छ ।