कञ्चनपुरमा ७५ बर्षीय सौतेनी आमाको हत्या गरेर छोरा फरार

धनगढी । कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार भएका छन् । दोधाराचाँदनी नगरपालिका–४ को मान्या चौराहमा हसिया प्रहार गरेर ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले बिन्दाको उनकै सौतेनी छोरा ५० वर्षीय हरिप्रसाद श्रेष्ठले हत्या गरेको खुलेको बताए । उनका अनुसार सामान्य घरायसी विवादका क्रममा श्रेष्ठले आफ्नी सौतेनी आमामाथि मंगलबार राति ९ बजेतिर हसिया प्रहार गरेका थिए ।

हसिया प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो सोही क्रममा मृतककी नातेदार भगवती देवी श्रेष्ठ पनि घाइते भएकी छन् । उनको दोधाराचाँदनी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि श्रेष्ठ भने फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.