धनगढीको हिमशिखर सहकारी राष्ट्रिय नियमन प्राधिकरणमा दर्ता

धनगढी । कैलालीको धनगढी–५ मा रहेको हिमशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता भएको छ। बचत तथा ऋणलाई मुख्य कारोबारको रूपमा सञ्चालन गर्दै आएको उक्त सहकारी संस्था “सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड २०८२” को दफा ४ बमोजिम प्राधिकरणमा विधिवत रूपमा दर्ता भएको हो।

यस दर्तासँगै सहकारी संस्थाले आफ्नो सेवा तथा गतिविधिलाई अझ व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ। साथै, सदस्यहरूलाई सुरक्षित र प्रभावकारी वित्तीय सेवा प्रदान गर्न संस्थालाई थप कानुनी आधार प्राप्त भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.