धनगढी : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदका उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेसले समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खड्कालाई प्रतिपक्षमा रहेका दलहरूले सहयोग गर्ने निर्णयका गरेका थिए । यस्तै, रास्वपाले पनि प्रमुख प्रतिपक्षी दललाई लेखा समिति दिने निर्णय दलको बैठकबाट गरिसकेको छ ।
समिति सभापतिका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ भने शुक्रबार निर्वाचन कार्यतालिका तय गरिएको छ ।