धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पतालमा दुईजना कर्मचारी खटाएको छ। सरकारले निमित्त मेडिकल सुपरिटेन्डेन्टमा आठौँ तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव र छैटौं तहका लेखा अधिकृत गणेश विष्टलाई खटाएको हो ।
वैशाख १५ गतेको सामाजिक विकास मन्त्राल (प्रदेश सचिवस्तर) निर्णयानुसार यादब र सोही मितिको आर्थिक मामिला मन्त्रालयले बिष्टलाई कामकाज गर्न खटाएको हो ।
यसअघि वैशाख १४ गते अस्पताल विवादबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। चैत्र २४ गते नगरपालिकाले सर्वोच्चमा अदालतमा लम्कीचुहा अस्पतालको विवादबारे अन्तरिम आदेश माग्दै रिट दायर गरेको थियो ।
सर्वोच्चको यो निर्णयसँगै प्रादेशिक अस्पतालको बाटो खुलेको हो। सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा साढे चार करोड रकम विनियोजन गरेको छ। लम्कीचुहा प्रादेशिक अस्पतालका लागि १४६ जनाको दरबन्दी स्वीकृत गरेको छ।