बुढीतोलामा पर्यटन महोत्सव उद्घाटन

अत्तरिया   : कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा आज (बिहिबार) बाट बुढितोला पर्यटन महोत्सव सुरु भएको छ । बुढीतोला क्षेत्र पर्यटन प्रर्वद्धन तथा बजार व्यवस्थापन समितिले आजदेखी बुढीतोलामा महोत्सव सुरु गरेको हो । महोत्सवको गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन


वैशाख २३ गतेसम्म लाग्ने महोत्सवमा एलिना चौहान, पुष्कल शर्मा, ज्योती मगर,चक्र बम, टंक तिमल्सिना, कमल विरही लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिले जनाएको छ ।

उक्त महोत्सवमा विद्यार्थीलाई ५० र अरुलाई प्रतिव्यक्ति १०० रुपैँया टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

समितिका संयोजक हरिदत्त भट्टराईको सभाअध्यक्षतामा भएको उद्धघाटन समारोहमा गोदावरी, चुरे सहितका स्थानाीय तहका जनप्रतिनिधिm विभिन्न संघ संस्थाका, प्रतिनिधि, कलाकारसहित स्थानीयहरुको उपस्थिति रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.