बाजुरामा ढुङ्गा लागेर एक वृद्धको मृत्यु

बाजुरा  : बाजुरामा ढुङ्गा लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका ३ पानी पाटा स्थित सोही वडाको दोगडाबाडा बस्ने ७३ वर्षीय नैन बुढाको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जंगलमा बाख्रा चराई घर फर्किने क्रममा मौसम प्रतिकुलका कारण पहाडमा चट्याङ पर्न गई चट्याङका कारण ढुङ्गा खस्दा चोट लागेर बुढाको मृत्यु भएको हो।

बुढाको टाउकोमा चोट लाग्दा स्थानीयहरुले उद्धार गरि अस्पताल लैजाने क्रममा आइतबार साँझ बाटोमै मृत्यु भएको जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.