धनगढी : निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा दीर्घराज जोशीसहितका पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएका छन् । संघका केन्द्रीय उपाध्यक्ष (सुदूरपश्चिम भूगोल) प्रकाश सेठीको अगुवाईमा भएको निरन्तरको छलफलपछि अध्यक्षमा जोशी, महासचिव बाहेकका पदाधिकारी र सदस्य (६ जना बाहेक) सर्वसम्मत चयन भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा जोशी प्यानलका धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा बिक्रम बिष्ट, द्वितीय उपाध्यक्षमा डम्बर चन्द, नीतिगत उपमहासचिव – योगेन्द्र बहादुर चन्द, आन्तरिक उपमहासचिवमा सिद्धराज भट्ट, कोषाध्यक्षमा सुरेन्द्र राज भट्ट र सह–कोषाध्यक्षमा मणिराज भट्ट सर्वसम्मत चयन भएका छन् ।
महासचिवमा जोशी प्यानलका अमरबहादुर खड्का र इन्जिनियर किरन रावलको उम्मेदवारी परेको छ भने दुवै समूहका छ जना सदस्य चुनावी प्रतिस्पर्धामा छन् । एक पदाधिकारीसहित कार्यसमितिका ७ जना चयनका लागि अहिले मतदान भइरहेको छ ।