अत्तरियामा शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी सम्बन्धि कृत्रिम अभ्यास

अत्तरिया : कैलाली गोदावरी नगरपालिका भवन परिसरमा सेवा निरन्तरता योजना तथा भूकम्प र आगलागी जन्य विपद् सम्बन्धि कृत्रिम घटना अभ्यास सञ्चालन गरिएको छ ।

कार्यक्रमका मुख्य प्रशिक्षक विपत् विज्ञ डा. सृजन मल्ल रहेका थिए । अभ्यासका क्रममा भूकम्प, आगलागी लगायतका विपद् आइपरेको अवस्थामा सुरक्षित स्थानमा कसरी पुग्ने, आफू सुरक्षित रहँदै अन्य व्यक्तिहरूको उद्धार कसरी गर्ने तथा प्रारम्भिक रूपमा आगलागी नियन्त्रण गर्ने विधिबारे व्यवहारिक प्रदर्शन गरिएको थियो ।

सहभागीहरूलाई आपतकालीन अवस्थाको सामना गर्ने तरिका, घाइतेको उद्धार, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी आधारभूत सीपसमेत सिकाइएको थियो । कृत्रिम घटना अभ्यासले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुगेको आयोजकले जनाएको छ ।

विपद् कृत्रिम अभ्यासमा नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.