ओलीले राजीनामा गरिहाल्नुपर्छ भन्ने आएको छैन : लेखराज भट्ट

धनगढी  : नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गुर्नपर्ने भन्ने कुरा नआएको प्रवक्ता लेखराज भट्टले बताएका छन् । शनिबार एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता भट्टले पार्टी कमिकमजोरी र सच्याउनुपर्ने विषयमा नेताहरूले बोलेएको बताए । शनिबार एमालेका उपमहासचिवहरूले बोलेका थिए ।

सचिवालय बैठकमा नेताहरूले बोलेको विषयमा जानकारी दिँदै प्रवक्ता भट्टले अहिलेको संटकको अवस्थामा मिलेर जानुपर्ने कुरामा नै सबैले जोड दिएको बताए । ‘अहिले जे कुरा बाहिर आएका छन्, अतिरञ्जित तरिकाले बाहिर आएका छन्,’ भट्टले भने, ‘मुख्य लाइनबाहेक बाहिर बोल्नु हुँदैन भन्ने लाग्छ। पार्टीको अनुशासन, विधि, पद्धतिमा जे दिनुपर्छ, त्यो दिनुपर्छ ।’

सचिवालय बैठकमा बोल्ने उपाध्यक्ष र उपमहासचिवहरूले अध्यक्ष ओलीको राजीनामा मागेको विषयमा पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। ‘नेतृत्व परिवर्न हुनैपर्छ भन्ने त कसैले भनेको छैन। राजीनामा गरिहाल्नुपर्छ भन्ने आएको छैन,’ भट्टले भने ।

दुई दिनदेखि जारी एमाले सचिवालय बैठक आइतबार पनि बस्ने भएको छ । आइतबारको बैठकमा सचिवहरूले बोल्ने कार्यतालिका छ । त्यसपछि अध्यक्ष ओलीले बोल्नेछन् ।

एमाले सचिवालय बैठक शनिबार ६ घण्टा चलेको छ । यसअघि शुक्रबार पनि पाँच घण्टा छलफल भएको थियो । सचिवालय बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनसहित ११ वटा एजेन्डा रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.