कैलालीमा रुखबाट लडेर १५ वर्षीय बालकको मृत्यु

अत्तरिया  : कैलालीमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ। शनिबार साँझ धनगढी उपमहानगरपालिका–१५ झिनुवाका १५ वर्षीय लोकेश बिकको सिमलको रुखबाट लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार आफ्नै घर नजिक रहेको सिमलको रुखको हाँगा काट्ने क्रममा उनी लडेर गम्भीर घाइते भएका थिए। घाइते बिकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले चेकजाँचपछि मृत घोषणा गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.