नवजीवन सहकारीको नेतृत्वमा ‘नेक टु नेक’ भिडन्त : पाठक अगाडि, पछ्याउदै मिश्र

धनगढी  : धनगढीको नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अध्यक्ष पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।
धनगढीस्थित ओम पार्टी प्यालेसमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्षका उम्मेदवार गोपालराज पाठक ३१ मतले अग्रता बनाइरहेका छन् ।

पदाधिकारीतर्फ हालसम्म चार हजार २५९ मत गणना हुँदा पाठकले एक हजार ३७१ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी केशवराज मिश्रले एक हजार ३४० मत पाएका छन् । अर्का उम्मेदवार घनबहादुर शाहले एक हजार १९ मत प्राप्त गरेका छन् ।

मत परिणामले अध्यक्ष पदमा पाठक र मिश्रबीच अन्तिमसम्म रोचक प्रतिस्पर्धा हुने संकेत देखिएको छ । सहकारीको निर्वाचनमा कुल ४० हजार ८१४ मतदाता रहेकामा १५ हजार २४१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.