फाप्लाको स्थलगत निरीक्षणमा पूर्वाधार विकास मन्त्री लम्साल

धनगढी  : नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शुक्रबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।

परियोजनाको निर्माण प्रक्रियालाई तीव्रता दिने उद्देश्यसहित भएको उक्त भ्रमणका क्रममा मन्त्री लम्सालले परियोजनाको निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिमको खेलकुद, पर्यटन तथा समग्र आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने ‘गेम चेन्जर’ परियोजनाका रूपमा हेरिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेजलाई सफलतापूर्वक अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

यस अवसरमा परियोजनालाई अघि बढाउने विषयमा मन्त्री लम्सालले व्यक्त गर्नुभएको प्रतिबद्धता तथा उहाँको उपस्थितिप्रति सम्बन्धित पक्षले धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.