अत्तरिया : कैलालीबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका ३ त्रिनगर व्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४६० मिलिग्राम सहित बाजुराको बुढीगंगा नगरपालिका ५ बस्ने २५ वर्षीय नरेन्द्रबहादुर शाहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि निज शाहलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।