धनगढी : धनगढी–अत्तरीया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–१३ स्थित एयरपोर्ट चोकमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
आइतबार भएको दुर्घटनामा म १ प ५२४ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–५, गेटाका ६५ वर्षीय चेतराज भट्ट गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी लगिएको थियो। तर उपचारकै क्रममा आइतबार बेलुका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०६९३ नम्बरको हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनापछि हाइस चालक डोटीको शिखर नगरपालिका–१० निवासी २६ वर्षीय टेकबहादुर धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।