नेपाल परिवार नियोजन संघ कैलालीको नेतृत्वमा जनकराज जोशी

अत्तरिया  : नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको ३३ औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

निर्वाचन परिणामअनुसार शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन्। महिला सदस्यतर्फ भगवती बडाल र भुवनेश्वरी मल्ल विजयी भएका छन्।

विशेषज्ञ सदस्यतर्फ अपाङ्गता क्षेत्रबाट कुश्मा जोशी, कानुन क्षेत्रबाट सुभाषचन्द्र उपाध्याय, अर्थ क्षेत्रबाट रञ्जना जोशी तथा प्रजनन स्वास्थ्य क्षेत्रबाट कालीप्रसाद पडाल निर्वाचित भएका छन्।

त्यसैगरी, किशोर–युवा सदस्यमा मोनिका वड र स्तुति आचार्य निर्वाचित हुँदा युवा सदस्यमा रोशनी चौधरी चयन भएकी छन्।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, किशोर–किशोरीमैत्री सेवा विस्तार तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी ढङ्गले अघि बढाउने अपेक्षा गरिएको छ।

अधिवेशनमार्फत समावेशी र विषयगत प्रतिनिधित्वसहितको नयाँ नेतृत्व चयन भएपछि कैलालीमा परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.