अत्तरिया उद्योग वाणिज्य संघको मतगणना कीन रोकीयो ?

अत्तरिया  : अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना निर्वाचन आचारसंहिता विपरीत मतपत्र सदर गरिएको विषयमा विवाद उत्पन्न भएपछि सोमबार बिहान ११ बजेदेखि रोकिएको छ।

निर्वाचन समितिका अनुसार ५ सय मतको गणना सम्पन्न भइसकेपछि केही मतपत्र सदर गर्ने प्रक्रियालाई लिएर उम्मेदवार पक्षबीच विवाद चर्किएको हो। त्यसपछि मतगणना स्थगित गरी विवाद समाधानका लागि सर्वपक्षीय छलफल जारी राखिएको छ।

निर्वाचन समितिले छलफलबाट सहमति जुट्ने प्रयास भइरहेको जनाएको छ। सहमति भएपछि मात्रै मतगणना पुनः सुरु गरिने जनाइएको छ।

अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न मतदानमा कुल ९६४ मत खसेको थियो। मतगणना रोकिएसँगै उम्मेदवार तथा समर्थकहरू अन्तिम नतिजाको प्रतीक्षामा रहेका छन्।

निर्वाचन समितिले निष्पक्ष र पारदर्शी ढंगले मतगणना सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्दै विवाद समाधानपछि थप जानकारी सार्वजनिक गरिने जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.