धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमालेलाई आग्रह गरेका थिए ।
मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा थिए । यदि एमालेको साथ नपाए के गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि आन्तरिक छलफलमा थिए ।
एमालेबाट साथ नपाउने सूचना पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।
सत्ता साझेदार दल कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३\८४ को बजेटको विषयमा विवाद थियो । एमालेले खर्च कटौतिको समेत प्रस्ताव राखेको थियो । सो प्रस्ताव फिर्ता लिन मुख्यमन्त्री शाहले गरेको आग्रह एमालेले अस्वीकार गर्दै आएको थियो ।