अत्तरिया : महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । आज बिहान साढे ७ बजे कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–४ मालिकास्थित महाकाली नदीको बीच टापुमा फसेका काभ्रेपलाञ्चोक चौरीदेउराली–६ लहरेटोलका ५२ वर्षीय उमेश चौलागाईंको प्रहरीले सकुशल उद्धार गरेको हो ।
बिहान ८ः१० मा उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।