अत्तरियामा २६ औँ मूक्त कमैया मुक्त दिवस मनाइयो

अत्तरिया चोकमा मैन बत्ती बालेर मनाए

अत्तरिया :- गोदावरी नगरपालिकाअत्तरिया स्थित जित्तलपुरमा मुक्त कमैया समाजले विविध कार्यक्रम आयोजना गरी २६औँ कमैया मुक्त दिवस मनाएका छन्।

मूक्त कमैया समाजकी अध्यक्ष फुलमती डँगौरा थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्ट प्रमुख अतिथि रहेका थिए। सब डिभिजन वन कार्यालय अत्तरियाका वन अधिकृत कृष्ण बहादुर बोहरा विशिष्ट अतिथिमा रहेका थिए। कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कमैया समाजकी अध्यक्ष फुलमती डँगौरा थारुले जित्तलपुर शिविर बस्तीमा सडक, नाला र खानेपानी लगायत आधारभूत पूर्वाधारको अभाव रहेको बताइन्। वर्षायाममा बस्ती डुबानमा पर्ने, हिलोका कारण आवतजावत गर्न निकै कठिन हुने तथा तत्काल सडकमा ग्राभेल हालेर स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बताइन्। साथै, बस्तीका विभिन्न विकासका कामलाई प्राथमिकतामा राखी आवश्यक पहल गरिदिन प्रमुख अतिथि समक्ष आग्रह गरिन्।

प्रमुख अतिथि तथा वडाध्यक्ष गोपालदत्त भट्टले बस्तीका समस्या समाधानका लागि वडा कार्यालयबाट आवश्यक पहल भइरहेको जानकारी दिँदै आगामी दिनमा सडक, नाला, खानेपानी लगायत विकास निर्माणका कार्यलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए।

नेपाल सरकारले वि.सं. २०५७ साल साउन २ गते कमैया प्रथाकोऔपचारिक अन्त्य घोषणा गरेको ऐतिहासिक निर्णयको स्मरणस्वरूप प्रत्येक वर्ष साउन २ गते मुक्त कमैया दिवस मनाइँदै आएको छ। यस वर्ष पनि जित्तलपुर शिविर बस्तीका बासिन्दाले उक्त दिवसको महत्वलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ दिवस मनाएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.