तेह्रथुम : पहाडी जिल्लाका गाउँहरू अहिले एउटा साझा समस्यासँग जुधिरहेका छन । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर, गाउँ रित्तिँदै जानु, ज्येष्ठ नागरिकको संख्या बढ्नु, विपन्न परिवारको आर्थिक संकट तथा आधारभूत सेवामा सीमित पहुँचजस्ता चुनौतीबीच तेह्रथुमको छथर गाउँपालिकाले जनसंख्या वृद्धि तथा सामाजिक सुरक्षालाई लक्षित गर्दै पृथक कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ मार्फत धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म प्रोत्साहन स्वरूप बचत रकम उपलब्ध गराउने नीति अघि सारेको हो ।
गाउँपालिकाले सामाजिक सुरक्षालाई केवल भत्ता वितरणमा सीमित नराखी नागरिकको जन्मदेखि वृद्धावस्थासम्म जोडिने जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नवजात शिशुको भविष्य सुरक्षित गर्ने ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन, ज्येष्ठ नागरिक एकल पुरुष सम्मान, घरदैलो स्वास्थ्य उपचार, जनता आवास कार्यक्रम, मलामी खाजा सहयोग, भोका नागरिकलाई खाना कार्यक्रम तथा खाद्य रोजगारी कार्यक्रम विगत केही वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।
यस अभियानको केन्द्रमा रहेको ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ २०८१ साल भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा सुरु गरिएको हो । जन्मिने प्रत्येक बालबालिकाको नाममा बचत गरी उनीहरूको भविष्यको आर्थिक आधार तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम नेपालका स्थानीय तहहरूमध्ये निकै नौलो अभ्यासका रूपमा हेरिएको छ ।
अधिकांश स्थानीय तहले जन्मदर्ता, पोषण तथा मातृ–शिशु स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरे पनि जन्मिनेबित्तिकै बालबालिकाको आर्थिक सुरक्षा सुनिश्चित गर्ने यस्तो अभ्यास भने विरलै देखिन्छ । गर्भवती