धनगढीमा अनाधिकृत मुद्रा कारोबारमा संलग्न गिरोह पक्राउ

धनगढी । कैलालीमा प्रहरीले अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको गिरोह बस्ने फ्ल्याटमा छापा हानेको छ । जिल्ला प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका–४ को बसपार्कमा फ्ल्याट भाडामा लिएर अनाधिकृत रूपमा हुण्डी तथा विदेशी मुद्रा कारोबार गरिरहेको सूचनाका आधारमा छापा मारेर ९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टकाअनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले फ्ल्याटमा खानतलासी गर्दा अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आशंकामा ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालका विभिन्न जिल्लाका तथा भारतका नागरिक समेत रहेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगाका प्रेम बहादुर साउद, उदयपुरको त्रियुगाका दिपिन मगर, भारतको दिल्लीको रविकुमार सुर्यबंशी, भारतको हरियाणाका दीपकुमार जाट, चितवनका जितेन्द्र कट्टेल, ललितपुरका राजकुमार मोक्तान, काडमाडाँैका राजन चुडाल, झापाका हरिप्रसाद चापागाई र धनगढी उपमहानगरपालिका–३ का ज्ञानेन्द्र ढकाल छन् ।

प्रहरीले घटनास्थलबाट विदेशी मुद्रा कारोबारमा प्रयोग हुने विभिन्न सामग्री तथा सफ्टवेयरसमेत बरामद गरेको जनाएको छ । बरामद सामग्रीको परीक्षण तथा आर्थिक कारोबारको विस्तृत अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.