धनगढी : सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरीमा संलग्न एक जना आरोपीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ स्थित हिमालीटोल घर भएका २३ वर्षीय नीराजन कुँवर छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो । काठमाडौँबाट पक्राउ परेका कुँवरलाई अनुसन्धानको लागि धनगढीमा ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए ।
२०८२ भदौ २५ मा कुँवर सहितको समूहले दिनदहाडै सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य संकायका डिन डा. होमनाथ जोशीको निवासबाट गाडी चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । डिनको निवास धनगढी–५ स्थित हसनपुरमा पार्की गरेर राखेको बा.२ झ २८५९ नम्बरको स्कोर्पियो चोरी भएको थियो ।
आरोपी कैलाली जिल्ला अदालतबाट असार ३० मा चोरी तथा लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।