अत्तरिया : कैलालीको गोदावरी नगरपालिका ५ निवासी करिब ३८ वर्षीय युवा व्यवसायी ओमप्रकाश भट्टको कञ्चनपुरको गुलरिया क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ।
अत्तरिया धनगढी सडकखण्डमा एल्युमिनियम व्यवसाय सञ्चालन गर्दै आएका भट्ट स्थानीयस्तरमा सफल तथा परिचित व्यवसायीका रूपमा चिनिन्थे।
उनको असामयिक निधनले परिवार, आफन्त, व्यवसायिक क्षेत्र तथा शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ।
सम्बन्धित पाेस्टहरु