खोलामा नुहाउने क्रममा घोडाघोडीका १२ बर्षीय बालकको डुबेर मृत्यु

धनगढी  : खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका आईतबार अनुसार दिउँसो १ बजेतिर दोदा खोलामा साथीहरूसँग नुहाउने क्रममा डुबेर घाइते भएका बालकको ज्यान गएको हो। उहाँ साथीहरू १२ वर्षीय हरि बोहरा, आठ वर्षीय सुजन मौनी र १३ वर्षीया अनुस्का बोहरासँग खोलामा नुहाउन गएका थिए । टेकेन्द्र डुबेपछि साथीहरूले नै घरमा पुगेर उनकी आमा पुष्पालाई खबर गरेका थिए।

आमाले डुबेका छोरालाई खोलाबाट निकालेर उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याए पनि दिउँसो २ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.