गेटा अस्पतालका तत्कालीन निर्देशक यादवको बिदाइ

अत्तरिया  : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहतमा रहेको तत्कालीन गेटा अस्पतालका निर्देशक सह–प्रा. डा. प्रमोद कुमार यादवको बिदाइ गरिएको छ । मंगलबार अस्पतालले एक कार्यक्रममा बिच यादवको बिदाइ गरेको हो ।

अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले राष्ट्रिय ट्रमा सेन्टरबाट गेटा अस्पतालको निर्देशक भएर आएका डा. यादव सोही ठाउँ फिर्ता भएपछि बिदाइ गरिएको बताए । डा. यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी २०८१ चैत ७ गते गेटा अस्पतालको निर्देशकमा नियुक्त गरिएको थियो ।

उनी यसअघि राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रहेका थिए । सरकारले हाल गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत ल्याएर शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको छ ।

गेटा अस्पताल शिक्षण अस्पताल बनेपछि निर्देशकमा हाल विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दलाई नियुक्त गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.