जालपादेवी केबुलकारले माग्यो कर्मचारी

अत्तरिया  : कैलालीको जालपादेवी केबुलकारले २८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । चिसापानीदेखि राजकाडाँ सम्म केबुलकार सञ्चालनको तयारी गरेको जालपादेवीले रेष्टुरेन्ट म्यानेजरसहितका कर्मचारी मागेको हो ।

रेष्टुरेष्टका लागि सुपरभाइजर, क्यापटन,क्यासिअर,बार ट्रेन्डर २-२ जना, ६ जना वेटरको माग गरिएको छ । यस्तै, किचेनका लागि एक जना हेडचिफ, एक जना सहायक चिफ, तीन जना पार्टी चिफ, दुई जना सहायक चिफ, छ जना सहयोगी माग गरिएको छ ।

आवेदन चिसापानीस्थित जालपादेवी केबुलकारको कार्यालयमा दिन सकिने बताइएको छ । तीव्र गतिमा निर्माणको काम भइरहेको जालपादेवी केबुलकारको अगामी दशैँमा उद्घाटन गर्ने तयारी रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.