कञ्चनपुरमा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर  : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी १० वर्षीया बालिका सञ्जु विष्टको नदीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले स्थानीय सुनबरा नदीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जानकारी दिए । बालिकाको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षण भइरहेको बताउँदै प्रहरी निरीक्षक विष्टले शव परिवारको जिम्मा लगाइने बताए ।

त्यसैगरी, शुक्रबार महाकाली नदीको शारदा ब्यारेक (बनबासा पुल) बाट हाम फालेर बेपत्ता भएका दार्चुलाका २७ वर्षीय सुनीलसिंह खत्रीको अवस्था अझै अज्ञात रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.