सुदूरपश्चिममा तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

अत्तरिया  : सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिपषद् विस्तार गरिएको छ। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सरकारमा नेकपाबाट प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै ओम विक्रम भाट ‘सरल’लाई भौतिक पूर्वाधार विकासमन्त्री र खुसीराम चौधरीलाई आन्तरिक मामिलामन्त्री नियुक्त गरिएको छ।

यसैगरी इन्दिरा गिरी र जानकी पौडेल कुँवरलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.