बाढी र डुबानको जोखिम न्यूनीकरण गर्न बिपद टास्कफोर्सलाई आत्मसुरक्षा तालिम

धनगढी  : स्थानीय बिपद ब्यवस्थापन समिति टास्कफोर्स र समुदायका अगुवाहरुका लागि आत्मसुरक्षा सम्बन्धि ३ दिने तालिम जोशीपुर गाउँपालिकामा शुरु भएको छ ।

जोशीपुर गाउँपालिकाको समन्वय, Kerk in actie को आर्थिक सहयोगमा बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेल्धुरा द्घारा संचालित बाढी प्रभावित जनताका लागि आपतकालीन अवस्थामा तयारी प्रतिकार्य तथा बाढीको प्रभाव न्यूनीकरण परियोजना अन्तर्गत बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा स्थानीय समुदाय र बिपद ब्यवस्थापन समिति (टास्कफोर्स) को ज्ञान सीप र क्षमता अभिवृद्धि गरी टास्कफोर्सलाई परिचालन गर्ने उद्घेश्यले उक्त तालिम आयोजना गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेल्धुराका परियोजना प्रबन्धक शिवराज पाठकले परियोजना मार्फत संचालन गरिने गतिविधि,तालिमको उद्देश्य र अपेक्षित प्रतिफलका बारेमा प्रस्तुतीकरण गरेको थियो ।

३ दिने उक्त तालिमको सहजीकरण प्रशिक्षक रतन टमट्टा र चन्द्र साउँदले सहजीकरण गरिरहेका छन । तालिमको एक कार्यक्रमका बिच जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी ले उद्घाटन गरे ।

तालिम उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष चौधरीले बिपदको क्षेत्रमा  : (MPDS) संस्थाले अन्य स्थानीय तहमा गरेका कामहरु आफूले नजिकबाट हेरेको र प्रशंसनिय कार्य गरेको बताए । उनले जोशीपुर गाउँपालिकामा पनि संस्थाले राम्रो कार्य गर्ने र संचालित तालिमबाट स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरणमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।

तालिममा जोशीपुर गाउँपालिकाका स्थानीय बिपद ब्यवस्थापन समिति टास्कफोर्स, समुदायका अगुवा र जनप्रतिनिधिहरुको सहभागीता रहेको छ
तालिम उद्घघाटन कार्यक्रममा जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाले शुभकामना मन्तब्य राखेको थियो ।

तालिम उद्घाटन कार्यक्रममा जोशीपुर गाउँपालिका वडा नं ३ कि अध्यक्ष रेणु डगौरा, वडा नं १ कि वडा सदस्य सरस्वती चौधरी, बिपद फोकल पर्सन सीता सिँह,रमेश पाण्डेय,भलमन्सा जय कुमारी डगौरा,विशराम चौधरी,लगायतको सहभागीता रहेको थियोे ।
तालिम उद्घाटन कार्यक्रममा बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेल्धुराका डिआआर टेक्निकल एक्सपोर्ट राजेन्द्र रैका ले संचालन गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.