अत्तरिया : नेपाली कांग्रेसले महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सातै प्रदेशमा निर्वाचन संयोजक खटाएका हुन् । कांग्रेसले वरिष्ठ अधिवक्तालाई निर्वाचन संयोजक बनाएको छ ।
कोसीमा डिल्लीबहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दिपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई खटाएको छ ।
निर्वाचन सहजीकरणका लागि उनीहरूलाई प्रदेशस्तरमा खटाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक खड्काले जनाएका छन् ।